Thursday, April 14, 2016

नयाँ बर्षलाई नेप्सेले यसरी गर्यो स्वागत, नेप्से एकैदिन १७ अंकले बढेर ईतिहास रच्दा लगानीकर्ताले अब के गर्ने ?


नयाँ बर्ष २०७३ लाई नेप्सेले स्वागत गर्दै एकैदिन १७ अंक भन्दा बढीले बजार बढेर १४०५ माथि पुग्दा लगानीकर्तामा उत्साह छाएको छ । २०७२ जस्तै नयाँ बर्षमा पनि शेयर। बजार सकारात्मक रुपमा अगाडि बढ्ने संकेत बैसाख २ गतेको नेप्सेमा भएको बढाईले र्संकेत गरेको छ । कम्पनीहरुले तेस्रो त्रैमासमा गरेको प्रगति विवरण पस्कन सुरु गर्नै लाग्दा शेयर बजारमा त्यसको आँकलनले प्रभाव पार्न समेत थालेको छ । बजारमा अत्यधिक तरलताका साथै शेयर बजारप्रति लगानीकर्ताहरुको बढ्दो र नियमनकारी निकायहरुले बजार सुधारमा देखाएको सक्रियताले नेप्से सकारात्मक हुँदै गएको देखिन्छ । नयाँ बर्षको पहिलो दिननै नेप्सेले १४०५.७८ को ईतिहास रच्नुले आगामी दिनहरु उत्साहजनक हुने देखिएको छ तर शेयर बजार उकालो चढ्दै जाँदा खर।ाब कम्पनीहरुको पनि मूल्य बढ्ने हुँदा कम्पनीको आधारभुत कुराहरु र बजार जोखिमको पक्षलाई पनि उत्तिकै ध्यान दिनुपर्नेमा बिज्ञहरुले जोड दिएका छन् । धेरै शेयर मूल्य बढ्ने कम्पनीहरुमा बिकास बैंक र फाईनान्सहरु रहे पनि बाणिज्य बैंकहरुको कारोबार रकम अग्रताले ती कम्पनीको बित्तीय विवरणप्रति लगानीकर्ताको बढी चासो रहेको पाइृन्छ । कतिपय बाणिज्य बैंकले विगतमा भन्दा पनि राम्रो प्रगति बिबरण पस्कने संकेत देखिएको र खराब भनिएका कम्पनीहरुको समेत आश्चर्यजनक प्रगतिको संकेत देखिएपछि बजारमा त्यसको समेत प्रभाव परेको छ । बजारमा कारोबारमा आएका जलविद्युत बाहेक सबै समुहको सूचक दोहोरो अंकले बढेपछि नेप्सेले नयाँ उचाई लिएको हो । विहिबार नेप्से १७.१५ अंकले बढेर १४०५.७८ विन्दुमा पुगेको छ । यसदिन बजारमा कुल १२७ कम्पनीको ५५ करोड ९६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बजारले नयाँ छलालनामा कारोबार रकम भने ३ करोड बढीले घटेको छ बीमा समुहको परिसुचक ५८ दशमलव ५६ अंकले बढेको छ । यसैगरी बजारमा सवैभन्दा बढी प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक १७ ९६ अंकले बढेको छ । यसैगरी, विकास बैंक समुहको परिसुचक २४ अंकले बढ्दा फाइनान्स समुह ११ दशमलव ५६ अंकले उकालो लागेको छ । बजारमा उत्पादनमुलक समुह ३२ र होटल समुह २१ अंकभन्दा बढीले उकालो लागेको छ । यसदिन नेपाल टेलिकमको सबैभन्दा धेरै करिब चार करोड रुपैयाँ बराबरको कारोबार भएको छ । त्यसपश्चात नबिल बैंकको ३ करोड ४९ लाख रुपैयाँ बराबरको कारोबार हुँदा नेपाल बैंक र सिटिजन्स बैंकको पनि ३ करोड माथिको कारोबार भएको छ । स्ट्याण्र्डड चार्टड, नेपाल बंगलादेश बैंक, एसबीआई बैंक इन्भेष्टमेन्ट बैंक र सानिमा बैंकको पनि २ करोड बढीको कारोबार भएको छ । यसदिन अरनिको डेभलपमेन्ट बैंक र लुम्बिनी फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाउदा सहयोगी विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

No comments:

Post a Comment