Friday, April 8, 2016

ग्लोबल आइएमइ र नेपाल बंगलादेश बैंकको मर्जरको हल्लाले लगानीकर्ता अतालिए !


नेपालका सबै भन्दा ठुला मध्येका दुइ वाणिज्य बैँक ग्लोबल आइएमइ र नेपाल बंगलादेश बैंकको मर्जरको हल्लाले बजार तताएको छ । केहि दिन यता बजारमा चलिरहेको मर्जरको ब्यापक हल्लाले लगानीकर्ताहरु निक्कै अतालिएका छन् । बजारमा पछिल्लो समय व्यापक चर्चा पाएको यस्तो हल्ला अधिकारिक हो वा होइन भन्ने अपुष्ट समाचारले लगानीकर्ताहरु चिन्तित त बनेका छन् नै अर्को पट्टि यस्ता समाचारको आधारमा लगानी गर्ने लगानीकर्ताहरुको लगानी डुब्न सक्ने देखिन्छ । हिजो आज पुन वाणिज्य बैंक समुहले बजार तताएको अवस्थामा थुप्रै लगानीकर्ताहरु वाणिज्य बैंकहरुमा फर्किएको पाउछौ । तर मर्जर प्रक्रियामा लाग्ने लामो समयावधीका कारण लगानीकर्ताहरुको लगानी पनि लामो समय फस्ने गरेको छ । जसको अधिकतम असर छोटो समयावधीका लगानीकर्तालाई पर्न गएको देखिन्छ । हुन त प्रक्रिया थालिनु भन्दा अगाडी नै अधिकारिक रुपमा यस्ता सूचनाहरु प्रकाशित भए लगानीकर्ताहरुले पनि लगानीको विषयमा निर्णय लिनका लागि सहज हुनुका साथै त्यसबाट सिमित वर्गले मात्र लिने गरेको फाइदा आम लगानीकर्ता सम्म पुग्ने देखिन्छ । तर ग्लोबल आइएमइ र नेपाल बंगलादेश बैंकको बजारको हल्ला

No comments:

Post a Comment